नेपाल भित्रियो युरोपको घरेलु उपकरण ब्रान्ड ‘बोश’

Advertisement

काठमाडौँ । युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ । नेपालको परिचित लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको हो ।

बिएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना राखेको छ । कम्पनीले काठमाडौंस्थित कमलादीमा रहेको आइटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापना समेत गरेको छ । स्टोरमा बोशका उच्च गुणस्थरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ। यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू हुन् ।

Advertisement

अहिलेको बजार गतिशील छ। ग्राहकहरू हरेक प्रकारको उपकरण खरिद गर्न सचेत छन् । यसबाहेक, ग्राहकहरू घरेलु उपकरणहरू खरिद गर्न कुनै सम्झौता गर्न चाहँदैनन्। यस्तो अवस्थामा बोशले नेपाली बजारमा प्रवेश गरेलगत्तै गुणस्तरीय सामग्री पाउने कम्पनीको विश्वास छ ।

नेपाली बजारमा बोश भित्र्याउँदै बिएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले भने, ‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौं । सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम समेत सावित भएको छ ।’

उनले बिएसएच होम अप्लायन्सेसले नेपालको लक्ष्मी ग्रुपसँग सहकार्य गर्न पाएकोमा समेत खुशी व्यक्त गरे। ‘लक्ष्मी ग्रुपसँग साझेदारी गर्न पाउँदा हामी निकै बलियो महशुस गर्दैछौं,’ उनले भने ।

यसबाहेक बोश ब्रान्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रुपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठले भने, ‘नेपाली उपभोक्ताहरूको लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउने बिएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुशी छौं । लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैं अग्रपंक्तिमा रहेको छ ।’

उनले बोश ब्राण्डका उपकरणहरूको गुणस्तरमा आफूहरू विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको बताए ।
 

Advertisement

Advertisement