गाडी किन्दा गाडी नै उपहार !

दशैंमा अटो बजार : यी हुन् आकर्षक छुट र उपहार पाइने ‘टप टेन ब्राण्ड’

Advertisement

काठमाडौं । दशैंतिहार तथा छठ जस्ता मुख्य ठूला चाडपर्वले छ्याप्पै छोपिसकेको छ । नौरथा शुरुवातदेखिको दिन गन्तीले पर्सि बिहीबार अर्थात असोज १७ गतेदेखि औपचारिक रुपमा दशैं शुभारम्भ हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको तिथि अनुसार यो वर्षको दशैंको पहिलो दिन घटस्थापना असोज १७ गते परेको छ । यसै दिनदेखि नेपाली हिन्दु धर्मालम्बिहरुको महान चांड दशैं औपचारिक रुपमा शुरु हुन्छ । 

त्यसो त दशैंतिहार आज भोलि खाने पिउने र लाउने मात्र नभई नयाँ साधन खरिद गर्ने र उपभोग गर्ने विशेष अवसरको रुपमा समेत हेर्ने गरिन्छ ।

Advertisement

दशैं नजिकिएसँगै उपभोग्य बजारमा तीब्र चहलपहल शुरु भइसकेको छ । खासगरी खुद्रा खाद्यान्न, नुन तेल, मर्मसलाको किनमेल बजारदेखि दशैंतिहारकै मौसममा उच्च माग रहने लत्ता कपडा, फेन्सी बजारमा ग्राहक (उपभोक्ता) हरुको तीब्र भिड लागेको छ । 

त्यसो त दशैंतिहार आज भोलि खाने पिउने र लाउने मात्र नभई नयाँ साधन खरिद गर्ने र उपभोग गर्ने विशेष अवसरको रुपमा समेत हेर्ने गरिन्छ । यस्तोमा दशैं अटो बजारको स्थिति चाहीँ केछ त ? 
नेपालमा भित्रिएका टप टेन अटो ब्राण्डले दशैंतिहार विशेष खास उपहार योजना तथा छुट योजना के कस्तो ल्याएका छन् त ? 

यस्तो छ, दशैं विशेष अटो बजारको योजना :

टाटा मोटर्स
नेपाली बजारमा अहिले पनि एकछत्र राज गरिरहेको अटो ब्राण्ड हो, टाटा मोटर्स । कमर्सियल भेहीकलमा राम्रो उपस्थिति रहेको टाटाले पछिल्लो समय आफुलाई प्यासेन्जर सेग्मेन्ट (हल्का तथा लग्जरी कार) मा समेत अब्बल स्थापित गराउन सफल भएको छ । 

भारतीय उत्पादनको टाटा मोटर्सले नेपाली बजारमा एकपछि अर्को गर्दै हिट उत्पादन दिईरहेको छ । जसमा पछिल्लो समय टाटाले आफुलाई ईभीमा स्थापित गराउन सफल भएको छ । टाटा नेक्सन ईभी, टाटा टियागो, टाटा पन्च पछिल्लो समय उत्पादिन प्रसिद्ध मोडलहरु हुन् । यी सेग्मेन्टका कारहरुको उच्चतम् माग र बिक्री भइरहेका बेला टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दशैंतिहार तथा छठ विशेष उपहार योजना ल्याएको छ । 

undefined

‘टाटासँग दशैं धुमधाम युरोप घुमघाम’ योजनासँगै कम्पनीले टियागो ईभीमा ‘दशैंमा टियागो ईभी चढेर रमाऔं थाइल्याण्डमा घुमेर’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीले टाटाको नेक्सन आईसीई खरिद गर्ने ग्राहकलाई जोडिमा युरोप घुमघाम गर्ने अवसर प्रदान गर्ने जनाएको छ भने टाटा टियागो किन्ने जोडिले थाइल्याण्ड घुम्न पाउनेछन् । 

तथापि, यस्तो भ्रमण उपहार योजनामा भाग लिन नचाहने ग्राहकले भने सवारी खरिदमा सिधै १ लाख ५० हजार नगद छुट पाउने कम्पनीले जनाएको छ । तर, टाटा पन्चको खरिदमा भने हालसम्म कुनै छुट तथा उपहार योजना घोषणा नगरिएको कम्पनीकी कर्मचारी अभिरुची गिरिले कर्पोरेट नेपालसँग बताइन् । 

हुण्डाई

प्यासेन्जर सेग्मेन्टमा नेपालको अर्को प्रसिद्ध ब्राण्ड हो ‘हुण्डाई’ । कोरियन ब्राण्डको हुण्डाईले नेपाली बजारमा लामो समयदेखि राज गरिरहेको छ । नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईका आईसीई सेग्मेन्टका साथसाथै पछिल्लो समय ईभी उत्पादन समेत बजारमा ल्याइरहेको छ । हुण्डाई कोनाको अलवा पछिल्लो समय नेपाली बजारमा भित्रिएको आईओनिक–५ हुण्डाईको प्रसिद्ध लग्जरी ईभी हो । 

एक जना भाग्यशाली ग्राहकलाई लक्की ड्रमार्फत हुण्डाई भेनु प्रदान गर्ने घोषणा


आईसीई सेग्मेन्टमा उत्कृष्ट दर्जनौं मोडल दिन सफल हुण्डाई नेपालको प्यासेन्जर सेग्मेन्टको पहिलो कम्पनी नै हो भन्दा फरक पर्दैन । 

null

यस्तो प्रसिद्ध कम्पनीले दशैंतिहार तथा छठ विशेष ‘हुण्डाई फेस्टिव डिलाइट, २०८१’ उपहार योजना ल्याएको छ । कम्पनीले सवारी खरिदमा १ लाख रुपैयाँदेखि १० लाख रुपैयाँ नगद छुटको सुविधा ल्याएको छ भने एक जना भाग्यशाली ग्राहकलाई लक्की ड्रमार्फत हुण्डाई भेनु प्रदान गर्ने घोषणा गरेको छ । 

सिजी मोटर्स–नेटा/आओन

नेपालको ठूलो व्यवसायिक घराना सिजी ग्रुप अन्तर्गतको सिजी मोटर्सले पछिल्लो समय अटोमोबाइल इन्ड्रस्ट्रीमा आक्रामक व्यापार सञ्जाल विस्तार गरेको छ । शुरुवाती चरणमा सुजुकीको मात्र व्यापार गरिरहेको यो ग्रुपले पछिल्लो समय ईभीमा आधादर्जन बढी चिनीयाँ उत्पादन हात लगाइसकेको छ । नेटा, आओन, अवतार, एक्सपेङ, रिडारा जस्ता नयाँ ईभी ब्राण्ड सिजीले नेपाल भित्र्याएको छ । जसमा ईभी माईक्रोबसमा समेत उत्कृष्ट व्यापार गर्न सफल सिजीले केवाईसी र किङ लङको राम्रो व्यापार गरिरहेको छ ।

undefined

यस्तो बहुब्राण्डको धनी सिजीले दशैंतिहार तथा छठको अवसरमा ब्राण्ड अनुसार उपहार तथा छुट योजना सार्वजनिक गरेको छ । नेटा ब्राण्डको गाडीमा ‘अनबिटेबल डिल्स’ योजना सार्वजनिक गरेको कम्पनीले आकर्षक क्यास डिस्काउन्टसहित एक्सचेञ्ज बोनस र नेटा भी खरिद गर्नेलाई बाली भ्रमणको उपहार प्याकेज समेत प्रदान गर्ने घोषणा कम्पनीले गरेको छ । 

यस्तै आओनमा ‘आओन फेस्टिभ फिस्टा’ उपहार योजना सार्वजनिक गरेको कम्पनीले ५ लाख ८५ हजार रुपैयाँ डाउन पेमेन्टमा नै गाडी खरिद गर्न सक्ने योजना सार्वजनिक गरेको छ । जसमा आकर्षक एक्सचेञ्ज अफरका साथमा फाइनान्सिङ सुविधा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ । 

सुजुकी

सिजी ग्रुप अन्तर्गतकै अर्को कम्पनी सिजी मोटोकर्पले नेपाली बजारमा लामो समयदेखि सुजुकी गाडीको बिक्री वितरण गर्दै आइरहेको छ । यस कम्पनीले हालसम्म ईभी सेग्मेन्टको गाडी ल्याएको छैन । तथापि, कम्पनीले ईभी ल्याउने पहल भने गरिरहेको छ । हालसम्म आईसीई सेग्मेन्टकै गाडी बेचिरहेको कम्पनी मारुती सुजुकी, अल्टो, ब्रेजा, स्वीफ्ट, ईग्निस, फोरनेक्स लगायतको मोडलहरुका लागि लोकप्रिय छ । थप कम्पनीले पछिल्लो समय बजारमा जिप मोडलको आकर्षक गाडी ‘जिम्नी’ ल्याएको छ । यसप्रति ग्राहकहरुको राम्रो आकर्षण रहेको छ । 

null

कम्पनीले दशैंतिहार तथा छठ विशेष ‘सुजुकी पर्वोत्सव’ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत सुजुकीको गाडी किन्ने ग्राहकले ४ लाख रुपैयाँ नगद छुटदेखि निःशुल्क बीमाको सुविधा समेत पाउनेछन् । 
यसका साथै कम्पनीले एक्सचेञ्ज् अफरमा २ लाख रुपैयाँसम्म बोनस प्रदान गर्ने र लोयल्टी बोनस बापत २० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । 

बीवाईडी

नेपाली अटोमोबाइल बजारमा ईभीको प्रवेश र स्थापित गराउने ब्राण्ड नै बीवाईडी हो । शुरुवाती फेजमा निकै संघर्ष गरेको यो ब्राण्ड पछिल्लो समय स्थापित छ । 

चिनियाँ उत्पादन बीवाईडीलाई नेपाली बजारमा साइमेक्स इंकले भित्र्याइरहेको छ भने कम्पनीले पछिल्लो समय राम्रो व्यापार समेत गरिरहेको छ । बीवाईडी ई–६, अट्टो–३, डल्फिन पछिल्लो समय भित्रिएका लोकप्रिय मोडलहरु हुन् । यसैको आडमा कम्पनीले बजारमा राम्रो व्यापार गरिरहेको छ । 

null

यस्तो कम्पनीले अझ आफुलाई बजारमा अब्बल साबित गर्न र अरु ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्न दशैंतिहार विशेष ‘बडा चाड अफर’ ल्याएको छ । कम्पनीले चाडपर्वको अवसरमा बीवाईडी गाडी किन्ने ग्राहकलाई तीनवटा अफर प्रदान गर्ने घोषणा गरेको छ । पहिलो एक वर्षसम्म गाडीको बीमा शुल्क कम्पनीले नै वेहोर्ने, दोस्रो भेहिकल टु लोन अर्थात् गाडी किन्न कम्पनीले नै फाइनान्सिङको सुविधा प्रदान गर्ने र तेस्रो २.३ किलोवाट ट्राभल चार्जर उपलब्ध गराउने कम्पनीले घोषणा गरेको छ ।

निसान

निसानका लागि नेपालको आधिकारिक बिक्रेता पायोनिर मोटोकर्पले निसान र ड्याट्सनको साथमा पछिल्लो समय ईभीमा जीकर र अमोडाको समेत बिक्री वितरण गर्छ । जीकर र अमोडा पछिल्लो समय नेपाल भित्रिएको लोकप्रिय ईभी ब्राण्ड हुन् । 

null

कम्पनीले दशैंतिहार तथा छठको अवसरमा ब्राण्ड र मोडल अनुसार छुट्टाछुट्टै उपहार तथा छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘निसान फेस्भि डिल’ योजना अन्तर्गत निसान लिफमा शुन्य प्रतिशतको डाउन पेमेन्टमा शून्य प्रतिशतकै फाइनान्सिङको घोषणा गरेको छ भने थप १५ लाख रुपैयाँ क्यास डिस्काउन्ट समेत दिने घोषणा गरेको छ । 

यस्तै आईसीई म्यागनाइटको खरिदमा ८० प्रतिशत फाइनान्सिङको साथमा १५ लाख रुपैयाँ नगद छुट वा ६ वर्षको इन्धन सुविधा ग्राहकले छनोट गर्न सक्ने योजना समेत कम्पनीले प्रदान गरेको छ । यस्तै निसान एक्स–ट्रेलमा कम्पनीले १८ वर्षसम्म फ्रि फ्यूल (इन्धन) को घोषणा समेत गरेको छ । 

जिकर

कम्पनीले जिकर एक्समा ५ लाखदेखि १० लाख रुपैयाँसम्म क्यास डिस्काउन्टको घोषणा गरेको छ । यसको अलवा कम्पनीले एक्सचेञ्ज अफरमा ५ लाख रुपैयाँ बोनस प्रदान गर्ने समेत घोषणा गरेको छ । 

null

किया

यस्तै किया मोटर्सले आफ्नो गाडीको खरिदमा ४ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट दिने जनाएको छ भने एक्सचेञ्ज बोनसमा २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै गाडीको खरिदमा कम्पनीले रोड ट्याक्स (सडक शुल्क) र इन्स्योरेन्स निःशुल्क प्रदान गर्ने समेत जनाएको छ । 

null


 

Advertisement

Advertisement