‘टेन एक्स’ क्लबको ब्राण्ड एम्बेस्डरमा मोडल प्रसान्त ताम्राकार नियुक्त

Advertisement

काठमाडौं । ‘टेन एक्स’ क्लब सञ्चालनको एक वर्ष पूरा भएको छ । 

क्लबको वार्षिक उत्सवमा मोडल प्रसान्त ताम्राकारलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेका छन् । ठमेलस्थित क्लबले आफ्नो पहिलो वार्षिक उत्सव हिजो र आज गरी दुई दिन मनाएका हो ।  

Advertisement

क्लबले हिजो वार्षिकोत्सवका अवसरमा मोडल प्रसान्त ताम्राकारलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको सञ्चालक नवराज लामिछानेले जानकारी दिए ।उनका अनुसार कार्यक्रमको प्रमुख अतिथि मोडल प्रसान्त ताम्राकार रहेको र क्लबको पहिलो वार्षिक उत्सवमा गायक अनिल सिंह, कालीप्रसाद बाँस्कोटा, एकदेव लिम्बू र डिजे ओलारुस लगायतको प्रस्तुति दिएका थिए । 

छोटो समयमै नेपालको उत्कृष्ट नाइट क्लबमा आफ्नो नाम स्थापित गराउन सफल भइसकेको क्लबले जनाएको छ । सन् २०२१ को अक्टुबर महिनाबाट सुरु गरेको र खुलेको छोटो समयमा नै नेपालकै लोकप्रिय क्लबको रुपमा परिचित छ । छोटो समयमै क्लबले नयाँ उचाई हासिल मात्रै गर्दैछ । 

शुरुमा पाँच जनाको लगानीबाट सुरु भएको क्लबमा अहिले ७ जना सञ्चालकले मिलेर क्लब संचालन गरिरहेका छन् । क्लबका सञ्चालकहरुमा युबराज बस्नेत, राजदिप गौतम (क्षेत्री), ईश्वर डंगोल, नवराज लामिछाने, पौरख मर्दान बस्नेत, मिङमार शेर्पा र समीर तिमल्सिना रहेका छन् ।  

Advertisement

Advertisement