जितपुर सिमराका राजन दाहालले जिते डिशहोमबाट रु. एक लाख पुरस्कार

Advertisement

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं. १६ महेन्द्रनगर,  सखुवाघाटका राजन दाहालले एक लाख रुपियाँ नगद जितेका छन् । 

श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौंडाको डिलरअन्तर्गत रहेको बारा, सखुवाघाटका सह—वितरक गीता इन्टरप्राइजका डिलर राजेश थापा मगरमार्फत एक वर्षको रिचार्ज गरेर गोलाप्रथामा सहभागी भएका दाहालले पुरस्कार जित्न सफल भएका हुन् । 

Advertisement

डिशहोमको तर्फबाट क्षेत्रीय बिक्री प्रवन्धक संजिव कार्कीलगायतले पुरस्कार रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । गोलाप्रथाको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने पनि जनाइएको छ । 

त्यसैगरी, कम्पनीले एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने जानकारी पनि दिएको छ । यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । 

यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जनाग्राहकले गोलाप्रथाबाट एक लाख रुपियाँ जित्नेसक्ने व्यवस्था गरिएको छ । 

Advertisement

Advertisement