सोह्र बर्षमै मनास्लु चढेका निमा अमा दब्लम पनि चढ्न सफल

Advertisement

काठमाडौं । विश्वको आठौं अग्लो मनास्लु ८,१६३ मिटर हिमालपछि निमा रिन्जी शेर्पाले ६,८१४ मिटरको अमा दब्लम हिमालको​ पनि सफल आरोहण गरेका छन् । 

उनले मंगलबार बिहान अमा दब्लमको चुचुरोमा पाइला टेकेको सेभेन समिट टे«कका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले जानकारी दिए । यसअघि उनले १६ वर्षको उमेरमा मनास्लु हिमालको सफल आरोहण गरेका थिए । 

Advertisement

आरोहण सफल भएसँगै शेर्पा मनास्लु हिमालको मुख्य चुचुरोमा पुग्ने सबैभन्दा कान्छो आरोही बनेका हुन्। टासी पनि कान्छा आरोहीको रुपमा परिचित छन् । 

 

Advertisement

Advertisement