गठबन्धनका उम्मेदवारहरुलाई नुवाकोटको ककनीका युवाहरुले लखेटे

Advertisement

काठमाडौँ । सत्ता गठबन्धनका उम्मेदवारहरुलाई नुवाकोटका स्थानीय युवाहरुले लखेटेका छन् । 

नुवाकोटको क्षेत्र नम्बर १ अन्तरगत ककनी गाउँ पालिका वडा नम्बर ३ मा पुगेका नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हितबहादुर तामाङ र प्रदेश सभा सदस्यका उम्मेदवार रमेश महतलाई स्थानीय युवाहरुले लखेटेका हुन् । 

Advertisement

पटक पटक चुनाव जिताएर पठाए पनि सो क्षेत्रमा कुनै विकासका काम हुन नसकेको भन्दै आक्रोशित युवाहरुले नेताहरुलाई गालीगलौचसहित आफ्नो गाउँमा अबदेखि भोट भाग्न नआउन चेतावनी दिएका थिए ।  

उक्त क्षेत्रका जनताहरु सडक सुबिधा र अन्य आधारभूत मानवीय आवश्यकता उपभोग गर्नबाट समेत बञ्चित रहँदै आएका छन् । 

 

Advertisement

Advertisement