उम्मेदवारहरुले छठ घाटमा पुगेर लिए आर्शिवाद

Advertisement

चन्द्रपुर । रौतहट क्षेत्र नम्बर ४ (क) प्रदेश सभा सदस्यका कलम छापका उम्मेदवार बालकृष्ण श्रेष्ठले विभिन्न छठ घाटमा गई आर्शिवाद लिएका छन् । 

आइतबार साँझ र सोमबार बिहान एकीकृत समाजवादीको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार रहेका श्रेष्ठले विभिन्न घाटमा पुगेर छठी माईको दर्शन र बर्तालुहरुसँग आर्शिवाद दिएका हुन् । 

Advertisement

यसरी विभिन्न छठ घाटमा पुग्दा वृन्दावन नगर पालिकाका नगर प्रमुख विनोदप्रसाद कुर्मी र एकीकृत समाजवादीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।  

कलम छापका प्रदेश सभा सदस्यका उम्मेदवार श्रेष्ठले घरदैलो अभियानलाई समेत तीब्रता दिइरहेको एकीकृत समाजवादीका चन्द्रपुर नगर अध्यक्ष बाबुराम दाहालले बताए । 

क्षेत्र नम्बर ४ (क) मा चन्द्रपुर नगरपालिकाका १० वटा वडा र बृन्द्रावन नगरपालिकाका ३ वडा पर्छन् । यस प्रदेश सभा क्षेत्रमा करीब ५९ हजार मतदाता रहेका छन् । 

सत्ता गठबन्धन दलका उम्मेदवार माओवादी केन्द्रका युवराज भट्टराई र श्रेष्ठबीच मित्रवत प्रतिष्पर्धा हुन लागेको छ भने नेकपा एमालेको तर्फबाट अखिलेश्वर चौधरी प्रदेश सभा सदस्यका उम्मेदवार छन् । 

रौतहट क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यतर्फ गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका देवप्रसाद तिमल्सिना र नेकपा एमालेका तर्फबाट उद्धब रेग्मी प्रतिष्पर्धी रहेका छन् ।

मधेस प्रदेशमा विशेष रुपमा छठ पर्व मनाइन्छ । सबैजसो उम्मेदवारहरुले छठ घाटमा पुगेर आर्शिवाद लिएको जनाएका छन् । 
 

Advertisement

Advertisement