काठमाडौं । निजी क्षेत्रको हिमालय एयरलाइन्सले आउँदो बिहीबारदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई वटा चार्टर्ड उडान गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हिमालयले भैरहवा विमानस्थलबाट दुई वटा चाटर्ड उडान उडान गर्न सहमत भएको हो ।
यसअघि प्राधिकरणले भैरहवाबाट उडान गर्न नमानेको भन्दै उक्त एयरलाइन्ससमेतलाई कारवाही गरेको थियो ।