काठमाडौं । नेपाल सरकारले अमेरिका र स्विट्जरल्याण्डसँग हवाइ सम्झौता गर्न स्वीकृति दिएको छ ।
पर्यटन मन्त्रालयले पेश गरेको प्रस्ताव मन्त्री परिषद् बैठकबाट स्वीकृत भएको हो ।
अमेरिका र स्विट्जरल्याण्डसँग सम्झौता गर्न मन्त्रीपरिषदले स्वीकृति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।