चुनावी अभियानमा उम्मेदवारहरुबीच हार्दिकता, एकले अर्कालाई दिए शुभकामना

Advertisement

चन्द्रपुर । मित्रवत् प्रतिष्पर्धाको शुभकामनासहित रौतहट क्षेत्र नम्बर ४ अन्तरगतको प्रदेश (क) मा विभिन्न पार्टीहरुले आ–आफ्नो चुनावी अभियान अघि बढाएका छन् ।

यसैक्रममा चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा नेकपा (एकीकृत समाजवादी) र नेकपा एमालेका उम्मेदवार र नेता कार्यकर्ताबीच जम्काभेट भएको थियो । सो क्रममा समाजवादीका प्रदेश सभा सदस्यका उम्मेदवार बालकृष्ण श्रेष्ठ र नेकपा एमालेका अखिलेश्वर चौधरीले हार्दिकताका साथ चुनावी अभियानमा सफलता र मित्रवत प्रतिष्पर्धाको शुभकामना दिएका थिए । 

Advertisement

रौतटह क्षेत्र नम्बर ४ (क) मा समाजवादीका श्रेष्ठ, एमालेका चौधरी र नेकपा माओवादी केन्द्रका युवराज भट्टराई मुख्य प्रतिष्पर्धीका रुपमा रहेका छन् । 

प्रतिनिधि सभा सदस्य उम्मेदवारमा भने नेपाली काँग्रेसका देवप्रसाद तिमल्सिना, नेकपा एमालेका उद्धव रेग्मी र स्वतन्त्र उम्मेदवार अजयकुमार साहबीच मुख्य प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । 

यसैगरी प्रदेश सभा (क) मा नेकपा एकीकृत समाजवादीले चुनावी अभियान तीब्र ढंगले अघि बढाएको निर्वाचन परिचालन कमिटीका संयोजक बाबुराम दाहालले बताए । 

प्रदेश सभा (क) अन्तरगत पर्ने १३ वटै वडामा कार्यतालिका बनाएर घरदैलो कार्यक्रम भइरहेको एकीकृत समाजवादी निर्वाचन प्रचार प्रचार कार्यालयका सचिव नारायण न्यौपानेले बताए । 

चन्द्रपुर नगरपालिकाका १० वटै वडा र बृन्द्रवन नगरपालिकाको ३ वटा वडा प्रदेश (क) मा पर्छ । पछिल्लो तथ्याङ्क अनुसार प्रदेश सभा (क) मा करीब ५९ हजार मतदाता रहेका छन् । 
 

Advertisement

Advertisement