हिमालको ६४४० मिटर उचाईमा पहिलो पटक साहसिक योगाभ्यास गरी कीर्तिमान

Advertisement

काठमाडौं । खुम्बुस्थित माउन्ट चोलात्से (६,४४० मिटर)को शिखरमा साहसिक योगाभ्यास गरी एक विदेशी पर्यटकलले विश्व कीर्तिमान कायम गरेका छन् । नर्वेका माथियज इकोरोनासले पहिलो पटक उच्च स्थानमा यस्तो योग गरेर कीर्तिमान कायम गरेका हुन् । 

एक्ट्रिम क्लामबर्स टे«क्स एण्ड एक्स्पेडिशन कम्पनीका आरोही शेर्पाहरुको सहयोगमा इकोरोनासले पहिलो पटक सबैभन्दा उच्चाइमा साहसिक योग गर्न सफल भएका हुन् । उनी डुन्डास एक्सप्लोररका संस्थापक तथा गाइड पनि हुन् । 

Advertisement

नर्वेको सिक्कुल्भेन शहरमा जन्मिएका इकोरोनास दुनदास फुटवेर र डिभल्ड अफ नर्वेको ब्राण्ड एम्बासडर पनि हुन् । एक्स्ट्रिम क्लाइबर्सका प्रबन्ध निर्देशक पेम्बा शेर्पाले सोमबार बिहान ८ः३४ मा सबैभन्दा उच्चाइमा ३५ मिनेट योग एडभेन्चर गर्न सफल भएको जानकारी दिए । यस अभियानको सफलताले विश्वभरि नै अर्को नयाँ कुराको खोजीमा रहेका नेक्स्ट लेवल आउटडोर साहसिकको सम्भावना पनि सिर्जना गरेको उनले बताए । 

Advertisement

Advertisement