‘हार्ड  रक  क्याफे’  ले आफ्नो  पहिलो  वार्षिकोत्सव  मनाए

Advertisement

अन्तर्राष्ट्रिय ब्राण्डको क्याफे ‘हार्ड रक’ले मनायो पहिलो वार्षिकोत्सव

काठमाडौं । दरबारमार्गस्थित अन्तर्राष्ट्रिय ब्राण्डको शाखा ‘हार्ड  रक क्याफे’ले शुक्रबार पहिलो बार्षिकोत्सव मनाएको छ । उक्त क्याफेले एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

Advertisement

अमेरिकी ब्राण्डको यस क्याफे बर्गरका लागि प्रसिद्ध छ । आधुनिक लाइभ  भेन्यू, ओपन– एयर रूफटप डेक, मर्चेन्डाइज  रकहरू समावेश गरिएको यसले अमेरिकी शैलीको मेनु र विभिन्न किसिमका कक्टेलहरू समावेश गरेको छ । 

मनोरन्जनको लागि  उपयुक्त हार्ड रक क्याफेमा स्थानीय कला, संगीत, फेसनको संयोजना देख्न सकिन्छ । क्याफेका सञ्चालक सञ्जीव दुलालले हार्ड रक क्याफेको फ्रेन्चाइज पोखरामा पनि सञ्चालन गर्ने योजना रहेको बताए । 

त्यस्तै, क्याफेले सलाद, स्यान्डविच, डेजर्ट जस्ता परम्परागत अमेरिकी  स्वादका खाने कुरा र पेय पदार्थ पनि आफ्ना ग्राहकलाई प्रस्तुत गर्ने गरेको छ । हार्ड रक इन्टरनेशनलका फ्रान्चाइज अपरेशन भाइस प्रेसिडेन्ट अनिवल फर्नान्डेजले आफूहरुले आतित्थता उद्योग र ब्रान्ड मापदण्डअनुसार रेस्टुरेन्टको आधुनिक शैली प्रस्तुत गर्दै आएको बताए । 

Advertisement

Advertisement