नाङ्लो समूहले चिनियाँ परिकारसहितको नयाँ रेष्टुरेण्ट सञ्चालनमा ल्यायो

Advertisement

काडमाडौं । नाङ्लो समूहले चिनियाँ परिकारसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ । सो समूहले दरबारमार्गमा चिनियाँ परिकार उपलब्ध हुने द चाइनिज रेष्टुरेण्ट शुरु गरेको हो । 

सन् १९७६ मा स्थापना भएको नाङ्लो प्रा.लि.ले दरबारमार्गमा सञ्चालन गरेको यो रेष्टुरेन्ट ५४ सिट क्षमताको रहेको छ । आइतवार पत्रकार सम्मेलनमा बोल्दै नाङ्लोका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले सानो क्षमताको रेष्टुरेण्ट भए पनि यसले दिने सेवामा कुनै कम्प्रो माइज नहुने बताए । 

Advertisement

उनले यसअघि पनि नाङ्लोले पाँच सय सिट क्षमताको रेष्टुरेण्ट सञ्चालन गरिसकेको भन्दै यो रेष्टुरेण्टमा चाइनिज परिकार र स्वेचन खाना पनि पाइने बताए । रेष्टुरेण्ट बिहान ११ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने र ग्राहकहरुले अर्डरको लागि बुक गर्नसक्ने जनाइएको छ । 

Advertisement

Advertisement