एफडीआई आकर्षित गर्न उदारीकरण आवश्यकः श्रीलङ्काली राष्ट्रपति

Advertisement

कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आकर्षित गर्न देशको सेवा क्षेत्रलाई क्रमशः उदारीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको  राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले आइतबार  उल्लेख गरेको छ । 

राष्ट्रपतिले हालसम्मको विश्वको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता क्षेत्रीय बृहत् आर्थिक साझेदारीमा सदस्यता लिनका लागि कदम चाल्नुपर्ने बताए । 

Advertisement

राष्ट्रपतिको सचिवालयमा राष्ट्रिय व्यापार वार्ता समितिका पदाधिकारीहरूसँगको भेटमा विक्रमासिङ्घेले सो कुरा बताउँनु भएको हो । राष्ट्रपतिद्वारा स्वतन्त्र व्यापार वार्ता, अन्तरराष्ट्रिय व्यापारको भावी दृष्टिकोण र नीतिगत प्राथमिकताहरू पङ्क्तिबद्ध गर्ने महत्त्वका बारेमा कुराकानी भएको समेत बताइएको छ।

उनले अन्तरराष्ट्रिय व्यापारिक गतिविधिको विस्तारसँगै स्थानीय उद्योगलाई प्रतिस्पर्धामा समायोजन गर्न सरकारले व्यापार समायोजन कार्यक्रम लागू गर्ने  पनि उल्लेख गरे । 

क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृङ्खलाहरूमा पहुँच र निर्यात र निर्यातमुखी वैदेशिक प्रत्यक्ष लगानी बढाउन विश्वव्यापी अर्थतन्त्रसँग पुनः संलग्नता आवश्यकता रहेको र घरेलु अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारको आर्थिक सुधार कार्यक्रमको अनिवार्य रहेको उनको धारणा छ । पछिल्लो समय श्रीलङ्काले चरम आर्थिक सङ्कट बेहोरिरहेको छ। रासस/सिन्ह्वा

Advertisement

Advertisement