बुद्ध एयरले पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गर्ने

Advertisement

काठमाडौं । बुद्ध एयरले पोखराको अन्तर्राष्ट्रिय विमानस्थल हप्तामा तीन दिन भारतको बनारस उडान गर्ने भएको छ । पोखरा विमानस्थल सञ्चालनमा आएसँगै एयरलाइन्सले पुस १७ बाट बनारस उडान गर्न लागेको हो । 

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नै अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो एयरलाइन्स हुने तयारी पनि गरेको छ । हाल यो एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा बनारस हवाई सेवा संचालन गर्दै आएको छ । 

Advertisement

उक्त कम्पनीले हप्तामा तीन दिन (आइतबार, मंगलबार र बिहिबार) बनारसको उडान तालिका बनाएको छ । भारत सरकारबाट रुट र स्लट स्वीकृति प्राप्त हुनासाथै दिल्ली उडान पनि गर्ने जनाएको छ । दिल्ली उडान प्रत्येक दिन २ उडान र देहरादुनमा हप्तामा ३ उडान गर्ने योजना बनाएको छ । 

Advertisement

Advertisement