मतपेटिका खोस्न खोजेपछि भएको विवादमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु, तीन घाइते

Advertisement

काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मतदानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ । 

एक जनाले मतपेटिका खोस्न खोजेपछि भएको झड्पमा पछि प्रहरीले चलाएको गोली लागेर करिव २५ वर्षका सञ्जिव अएडीको मृत्यु भएको हो भने एक प्रहरी हवल्दारसहित तीन जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । 

Advertisement

मतपेटिका खोस्ने क्रममा विवाद स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको थियो । सो ठाउँको मतदान पनि आज रोक्किएको छ । 

Advertisement

Advertisement