कास्की–२ मा घण्टीका उम्मेदवारको सुरुवाती अग्रता, एमाले र गठवन्धनका उम्मेदवार पछ्याउँदै

Advertisement

काठमाडौं । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले नेकपा एमाले र सत्ताधारी गठवन्धनलाई पछि पादै सुरुवाती अग्रता लिएका छन् । 

कुल ५४१ मत गणना हुँदा स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह)का माधव कंडेल १६२ मतका साथ अगाडि छन् । त्यस्तै, एमाले (सूर्य चुनाव चिन्ह)की विद्या भट्टराईको १२२ र सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका श्रीनाथ बरालले ११ मत पाएका छन् । 

Advertisement

यसैगरी प्रदेशसभा १ तर्फ राप्रपाका विजयबहादुर भण्डारी १९८, एमालेका भीमबहादुर कार्कीले १४५ र माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले १०६ मत पाएका छन । यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपातर्फ मानिसको आकर्षण बढेको छ । 

Advertisement

Advertisement