चितवन छोडेर गोरखा पुगेका प्रचण्ड विजयी घोषित

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । सत्ता गठवन्धनको उम्मेदवार रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन् । 

प्रचण्डले २६ हजार १०३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकन्द्र बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले सात हजार ३९३ मत पाए ।

Advertisement

चितवनमा रवि लामिछानेले चुनौति दिने देखेपछि प्रचण्ड गोरखा पुगेका थिए । यसअघि उनले चितवन– ३ बाट जित निकालेका थिए । 

Advertisement

Advertisement