नेशनल लाईफले महेन्द्रनगरमा गर्यो अभिकता भेला तथा सम्मान कार्यक्रम

Advertisement

काठमाडौं । नेशनल लाईफ इ्रन्स्योरेन्स कम्पनीले सुदुर प्िश्चम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्वन्धमा प्रशिक्षण दिएका थिए ।  

Advertisement

कार्यक्रममा कम्पनीका सीईओ खत्रीले अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्तासंग सम्वन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराए । 

कार्यक्रममा महेन्द्रनगर शाखासंग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहनु भएका करिब १७५ जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो  । सो शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले खादा माला र मायाको चिनोले सम्मान गरेका थिए । 

कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नविनकिशोर भट्टले संचालन गरेका थिए  भने एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले सहभागी अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । 
 

Advertisement

Advertisement