मोरङ– ६ मा लालबाबुसँग बदला लिँदै शेखर कोइराला निर्वाचित

Advertisement

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् । नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै उनी निर्वाचित भएका हुन् । 

यसअघि सो क्षेत्रबाट कोइरालालाई हराएर पण्डित निर्वाचित भएका थिए । मतपरिणामअनुसार कोइरालाले ३५ हजार २१८ मत ल्याए भने पण्डितले २२ हजार ९३२ मत ल्याए । 

Advertisement

यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधानले नौ हजार ५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले आठ हजार ८२९ मत पाए । 

Advertisement

Advertisement