गुल्मी १ मा एमालेका ज्ञवालीलाई पराजीत गर्दै काँग्रेसका भण्डारी निर्वाचित

Advertisement

काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सदस्यमा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका प्रदीप ज्ञवालीलाई पराजीत गरेका हुन् । 

भण्डारीले ३३ हजार ७४४ मत ल्याएर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ३२ हजार १५२ मत ल्याएका छन् । 

Advertisement

यी दुई नेताले एउटा चुनावमा हार्ने र अर्को चुनावमा जित्ने क्रम चलिरहेको छ । गत निर्वाचनमा जितेका ज्ञवाली यसपटक उनै भण्डारीसँगै पराजीत भएका छन् । भण्डारी र ज्ञवाली दुबै बौद्धिक नेताका रुपमा परिचित छन् । 

Advertisement

Advertisement