विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दा  कोस्टारिका, मोरक्को, क्रोएशिया विजयी

Advertisement

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिता अन्तरगत हिजो चार खेल सम्पन्न भयो । 

पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ । अहमेद बिन अलि स्टेडियममा भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको हो । कोस्टारिकाको जीतमा केयशेर फुलेरले ८१औँ मिनेटमा निर्णायक गोल गरे ।

Advertisement

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गरेको छ । 

मोरक्कोले बेल्जियमलाई २–० गोलअन्तरले पराजित गरेको हो । मोरक्कोका लागि अब्देलहामिद साबिरीले खेलको ७३औँ मिनेटमा ‘फ्रि किक’मार्फत् गोल गरेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जाकारिया अबोउखलालले गोल गरेपछि मोरक्कोले २–० को जीत हात पार्यो । 

जीतसँगै समूह एफमा मोरक्को शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोले दुई खेलमा चार अङ्क जोडेको छ । समूहमा बेल्जियमको तीन, क्रोएसिया एक र क्यानडा शुन्य अङ्क छ । 

त्यस्तै क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे भने मार्को लिभाजा र लेभ्रो माजेरले समान एक एक गोल थपे गरे । 

यसैगरी क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए तर, खेलको ३६ औं मिनेटमा क्रोएसियाका क्रमारिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

यसपछि खेलको ४४ औँ मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । खेलको ७० औँ मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३– १ को अग्रता दिलाए ।  

यसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जित दिलाए । यस जितसँगै समूह ‘एफ’ को क्रोएसियाले दुई खेलमा चार अङ्क जोडेको छ ।  क्यानडाको यो लगातार दोस्रो हार हो र क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ । 

यसैबीच स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् । अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा  स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए ।

यसपछि खेलको ८३ औँ मिनेटमा जर्मनीका खेलाडी 
निकलस फूलक्रुगले गोल गर्दै खेललै १–१ गोलको बराबरी ल्याए । यस बराबरीसँगै समूह ‘ई’ बाट दवबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले दुई खेलमा चार अङ्क जोडेको छ भने जर्मनी दुई खेलमा एक अङ्क जोडेर पुछारमा रहेको छ ।  

Advertisement

Advertisement