काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले २५ करोड ३७ लाख रुपियाँ नाफा कमाएको छ ।
गत आवको सोही अवधिमा कम्पनीले २४ करोड १३ लाख रुपियाँ नाफा कमाएको थियो । गत आवको तुलनामा यो ५.१२ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा कम्पनीले ४ अर्ब १७ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन गत आवमा ४ अर्ब २२ करोड रुपियाँ थियो ।
पहिलो त्रैमाससम्मका कम्पनीको जीवन बीमा कोषमा ६७ अर्ब १७ करोड रुपियाँ सञ्चित छ ।
८ अर्ब २ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ३१ करोड र महाविपत्ति कोषमा ५१ करोड २७ लाख सञ्चित छ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९.१२ रुपियाँ र प्रतिशेयर नेटवर्थ २७७.६७ रुपियाँ छ।