वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा लिने सात ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी कोसेली

Advertisement

काठमाडौं । वर्ल्डलिंक  कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका सात जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा काम गरिरहेको वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा सात लाख ग्राहक बनाउन सफल भएको अवसरमा टेलिभिजन कोसेली दिएको हो ।

एक लाखदेखि ७औं लाख ग्राहक नम्बर भएका ग्राहकलाई कोसेली प्रदान गरेको वर्ल्डलिंकले जनाएको छ । टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौंडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गट्ठाघरका भीमबहादुर कुमाल, राष्ट्र बैंक चोक पोखराका रविन थापा र बालाजुका हुमनाथ अघिकारी छन् ।

Advertisement

सन् १९९५ बाट सेवा सुरु गरेको वर्ल्डलिंकले २७ वर्षमा गत नोभेम्बर १४ मा ग्राहकको संख्या सात लाख पुर्याएको हो । सबैभन्दा बढी ग्राहक कोभिड–१९ महामारीपछि थपिएको वर्ल्डलिंकले जनाएको छ । सन् २०१९ को फेब्रवरीसम्म तीन लाख ग्राहक बनेकोमा सन् २०२२ को नोभेम्बरसम्म आइपुग्दा थप चार लाख ग्राहक थपिएको कम्पनीले जनाएको छ ।

देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वल्र्डलिंकमा पाँच हजार नागरिकले रोजगारीको अवसर पाएका छन् । देशका सात वटै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिंकको इन्टरनेट पहुँच पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङ जिल्लामा पनि चाँडै आफ्नो सेवा विस्तार गर्ने वर्ल्डलिंकले जनाएको छ ।

देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत हिस्सा वर्ल्डलिंकको छ । साथै देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत निःशुल्क वाईफाई सेवा समेत उपलब्ध गराउँदै आइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जानकारी अनुसार एउटा घर तथा कार्यालयमा लिइएको इन्टरनेट कनेक्सन औसतमा ४.३ जना प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । यसलाई आधार मान्दा देशभरमा नेपालमा  वर्ल्डलिंकको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३० लाख २४ हजारभन्दा बढी रहेको उसको दावी छ । 

Advertisement

Advertisement