जिल्ला तथा नगरहरुमा मेला महोत्सव गर्ने जिम्मा स्थानीय क्लवहरुलाई दिन हुँदेन्ः दिनेश श्रेष्ठ

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । 

सोमवार उद्योग वाणिजय महासंघमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्र राज्यलाई कर तिर्न तयार रहेको भन्दै कर तिर्नको लागि निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । 

Advertisement

श्रेष्ठले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण र सहयोगी भावना नभएको गुनासो गरे । उनले काठमाडौं उपत्यकामा नै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल बनाउन माग गरे पनि सरकारले सुनुवाई नगरेको बताए । अन्य  देशहरुले स्वदेशी उत्पादनलाई विदेशी प्रदर्शनीहरुमा राख्नका लागि राज्यले खर्च गर्ने गरेको भएपनि नेपालमा भने उद्योगी व्यवसायीहरुलाई विदेशका प्रदर्शनीमा जान त्यस्तो सुविधा नदिएको श्रेष्ठको गुनासो थियो । 

उनले जिल्ला तथा स्थानीय तहहरुमा मेला महोत्सव गर्न स्थानीय क्लवहरुलाई  दिन नहुने बताए । श्रेष्ठले स्थानीय क्लवहरुलाई मेला गर्न दिँदा स्थानीय व्यवसायीहरुलाई नै असर पर्ने बताए । उनले उद्योग वाणिज्य महासंघ चोभारको प्रदर्शनी हल बनाउन टिपीसीसँग मिलेर जान तयार रहेको बताए । 

व्यवसायी श्रेष्ठले यदी टिपीसीले चोभारमा बन्न लागेको प्रदर्शनी हल निर्माण गर्न नसके उक्त हल निर्माण गर्न निजी क्षेत्र तयार रहेको बताए । उनले भने, ‘उद्योग वाणिज्य महासंघले चोभारको प्रदर्शनी हल बनाउन टिपीसीलेसँग मिलेर जान तयार छ । टिपीसीले चोभारमा बन्न लागेको प्रदर्शनी हल निर्माण गर्ने कार्य आज छोड्यो भने भोलिदेखि बनाउन निजी क्षेत्र तयार छ ।’

त्यस्तै महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको र स्थानीयस्तरमा पनि मेला तथा प्रदर्शनी स्थल आवश्यक रहेको बताए । उनले स्थानीयस्तरमा मेला महोत्सव गर्न प्रदर्शनी हल भए स्थानीय उत्पादन भएका वस्तुलाई व्यापार विविधिकरण गर्न सकिने बताए । श्रेष्ठले प्रदर्शनी स्थल बनाउनको लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए । 

उनले सरकारले नीतिगत रुपमा स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने हो भने मेला महोत्सव स्थल बनाउनु आवश्यक रहेको बताए । श्रेष्ठले अहिले भइरहेको मेला महोत्सवहरु रमाइलो मेलाको रुपमा भइरहेकाले अब स्थानीय उत्पादनमुखी मेला आयोजना गर्नुपर्ने बताए । 

Advertisement

Advertisement