नेशनल लाइफले अछाममा गर्यो अभिकर्ता  प्रशिक्षण कार्यक्रम

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागीता रहेको  थियो ।  

Advertisement

उक्त अवसरमा सीईओ खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा ब्यबसाय गर्दै आउनु भएका अभिकर्ताहरुलाई अभिकर्ता पेशामा ब्यवसायिक बनाउदै वहाँहरुको जीवनस्तरमा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको ब्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप  कार्यक्रम आयोजना गरिएको बताए । साथै खत्रीले बीमा ऎन २०७९ का आधारभुत बिषयबस्तुको बारेमा पनि संक्षिप्त्तरुपमा प्रकश पारे । 

कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उत्कृष्ट ब्यबसाय गरि अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनौट हुनुभएका अभिकर्ताहरुलाइ खत्रीले सम्मान पत्र प्रदान गरे ।  

कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले तयार गरेको बार्षिक तथा मासिक स्किमहरुको बारेमा जानकारी गराउनु भएको थियो भने कम्पनीको अछाम शाखा प्रमुख दिपक खड्काले सहभागीहरुलाइ धन्यबाद ज्ञापन गरेका थिए । 

Advertisement

Advertisement