श्रोत नखुलेको ११ लाख ३९ हजारसहित रौतहटको गौरबाट  दुई जना पक्राउ

Advertisement

काठमाडौं । रौतहटको  गौर नगरपालिका ५ स्थित बरहवा पुल ईलाकाबाट सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपियाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा रौतहटको गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षिय राजुकुमार यादव र सोही नगरपालिका ९ बरियारपुर बस्ने ३३ वर्षिय राजेशप्रसाद यादव छन् ।

Advertisement

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणको टोलीले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथमा फेला पारेको उल्लेखित रुपियाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुलाई बरामद रुपियाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement