पोर्चुगललाई हराउँदै मोरक्को पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा

Advertisement

काठमाडौं । पोर्चुगललाई हराउँदै मोरक्को पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा मोरक्कोले १–० को अन्तरमा पोर्चुगललाई हराउन सफल भएको हो ।

मोरक्कोका लागि युसोफ एन–नेसरीले गरेको हेडिङ गोल नै निर्णायक हुन पुग्यो । अब उसले राति हुने फ्रान्स र इङल्याण्डबीेचको खेलाके विजेतासँग प्रतिस्पर्धा गर्ने छ । 

Advertisement

खेलमा पोर्चुगलले मोरक्कोलाई दबाबमा राखे पनि उत्कृष्ट र प्रतिरक्षात्मक खेलका कारण मोरक्को पहिलो पटक उत्साहजनक प्रगति देखाउन सफल भएको छ । 

यसअघि क्रोयसिया र अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । 

Advertisement

Advertisement