सानिमा बैंकका ग्राहकलाई दराजबाट समान किन्दा १२ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज १२.१२’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । 

योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन् । 

Advertisement

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु. १,०००/– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२% वा अधिकतम् रु १,२१२/– सम्मको छुट प्राप्त गर्न सक्ने छन् । यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइनेछ । 

छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगईन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर सङ्कलन गरी खरीद गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने छन् । 
 
यो योजना मंसिर २६ देखि पुस ३ गतेसम्म ७ दिनका लागि लागू हुने बैंकले जनाएको छ । बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा छन् । 

Advertisement

Advertisement