काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पाको ‘अ जर्नि टू द टप अप द वर्ल्ड एभरेस्ट फस्ट’ भ्लगको भिडियो सार्वजनिक गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्मको भ्लग पहिलो पटक बनाउन सफल भएको उनले बताएका छन् ।
भिडियोमा माउन्टेन गाइडसमेत रहेका शेर्पाले आफ्नो सगरमाथासम्मको यात्रा, अनुभव, हिमाली जीवन, आरोहीहरुले भोग्ने चुनौती प्रस्तुत गरेका छन् । हिमाल आरोहण गर्न चाहानेहरुको लागि जानकारीमूलक सुचनाहरु समेटिएको यस भिडियोले नयाँ आरोहीहरुलाई बढी ज्ञान मिल्ने विश्वास लिइएको छ ।
आफूले आरोहण गर्दाको अनुभव र ज्ञानलाई सबै जनासँग साझेदारी गर्न खोजेको बताउँदै शेर्पाले यस भ्लगबाट जलवायु परिवर्तनको असर कम गर्ने, पर्यटन प्रवर्द्धनका सुझावहरु समेत देखाएको बताए । उनले भने, ‘यो मेरो भ्लगमार्फत युवाहरुलाई र हिमाल आरोहण गर्न चाहाने हरुलाई धेरै जानकारी मिल्छ । यसबाट हिमाल के हो ? हिमाल चढ्दा कस्ता चुनौती हुन्छन् ? सुझावहरु दिन खोजेको हो । भ्लगको भिडियो शेर्पाले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।