प्रभु लाइफ छैठौं वर्षमा प्रवेशः समता शैक्षिक गुठीलाई रु. पाँच लाख सहयोग

Advertisement

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड आज (बुधबार)बाट छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनायो । 

यस अवसरमा कम्पनीले वार्षिकरुपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि न्यून आयस्तरका अभिभावकका बालबालिकाको शिक्षाका लागि सहयोग गरेको छ । 

Advertisement

कम्पनीले देशभर ८४ विद्यालय सञ्चालन गरिरहेको गैरनाफामूलक संस्था समता शैक्षिक गुठीलार्ई पाँच लाख रुपियाँ रकम सहयोग गरेको हो । गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटीमा आज एक कार्यक्रमबीच रकम हस्तान्तरण गरियो । कम्पनीका सीईओ सन्तोष प्रसाईंले गुठीका कार्यकारी निर्देशक दीपक सञ्जेललाई चेक हस्तान्तरण गरे । 

गुठीले सय रुपियाँमै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ । 

Advertisement

Advertisement