भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई

Advertisement

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारणसभा तथा छैठौं महासभामा विकासन्युजकर्मी सन्तोष रोकाया र शिलापत्रकर्मी सम्झना घिमिरे पुरस्कृत भएका छन् । उनीहरुलाई जनही ५० हजार रुपियाँको राशीसहित पुरस्कृत गरेको हो । 

रोकाया भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् भने घिमिरे भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन् । 

Advertisement

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल लगायतले संयुक्त रुपमा उनीहरुलाई प्रमाणपत्रसहित चेक हस्तान्तरण गरेका हुन् ।  

नाफिजले भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार र भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार पहिलो पटक घोषणा गरेको थियो । पूर्व अर्थमन्त्री समेत रहेका स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’को सहकार्यमा नाफिजले यो पुरस्कार प्रदान गरेको हो । 

कार्यक्रममा बोल्दै फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले स्वर्गीय भरतमोहन अधिकारीको सम्झनामा यो फाउण्डेशन स्थापना भएको जानकारी गराउँदै आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका साथसाथै असल पत्रकारिता अभ्यासमा प्रोत्साहन लागि नाफिजसँग सहकार्य गरर पुरस्कारको स्थापना गरिएको बताइन् ।
 

Advertisement

Advertisement