पोखराको अनौठो ‘वर पीपल रिसोर्ट’, जहाँ २० वटा मौरीका घारको ताजा मह खान पाइन्छ

Advertisement

काठमाडौं । पर्यटकीय नगरी पोखरामा नयाँ नयाँ व्यवसायहरु थपिने क्रममा करिव दुई बर्षअघि एक नयाँ रिसोर्ट पनि सञ्चालनमा आएको थियो । कोभिड महामारीको समयमा कूल ४०  करोड रुपियाँ लगानीमा निर्मित ‘वर पीपल रिसोर्ट’ १०.५ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

रिसोर्टमा ४० वटा कोठा, एक रेस्टुरेन्ट, एक कफी शप, रूफटप स्विमिङ पुल, स्पा सौना र स्टिम र ठूलो बगैंचा छन् । चालिस वटा रुमहरुमा स्विट, सुपर डिलक्स र डिलक्स गरी तीन प्रकारका छन् ।  रिसोर्टका आवासीय व्यवस्थापक पदम न्यौपानेले वर पीपल रिसोर्ट पोखराको स्तरीय र पर्यटकहरुको आकर्षक रिसोर्ट भएको बताए । 

Advertisement

रिसोर्टले नेपाली मौलिक घरको प्रतिनिधित्व गर्ने बताउँदै उनले स्थानीय ढुङ्गा, माटो र काठ जस्ता सामग्रीहरूले निर्माण गरिएको यस रिसोर्टबाट फेवा ताल, शान्ति प्यागोडासंगै शिवको मूर्ति र रानीवनको उत्कृष्ट दृश्य अवलोकन गर्न सकिने बताए । डिजाइनहरु सबै नेपाली पन झल्काउने यस रिसोर्ट हेर्दा आकर्षक पनि छ । 

वर पीपल रिसोर्टका सबै कोठाबाट फेवा ताल र रानीवन हिलको दृश्य देख्न सकिन्छ । कोरोना महामारीको समयबाटै सञ्चालनमा ल्याइए पनि गत साउनमा मात्रै ‘सफ्ट लन्च’ गरिएको हो । न्यौपानेले काठमाडौंको छायाँ सेन्टरमा सेल्स् अफिस सञ्चालनमा ल्याएको जानकारी दिँदै वर पीपल रिसोर्टमा जति पनि पर्यटक आउँछन्, सबै सिफारिसबाटै आउने गरेको बताए । 

उनले अहिले रिसोर्टको अकुपेन्सी ८० प्रतिशत रहेको बताए । उनले भने, ‘हाम्रो ६० प्रतिशत बुकिङ अनलाइनबाट नै हुन्छ । फिटनेस पनि निर्माण हुँदैछ । स्पा पनि छ । बैठक रुम दुई वटा छ । राम्रो सुविधायुक्त डिलम्स रुम पनि छ ।’ 

यो रिसोर्टका संचालक जितु गुरुङ हुन् । उनी एक पर्यटन व्यवसाय हुन् । गुरुङले ‘द सिल्भर ओक्स इन’ पनि सञ्चालन गर्दै आएका छन् । कक्षा १० सम्मको पढाइपछि टुरिष्ट गाइडमा लागेका उनी अहिले होटल व्यवसायीको रुपमा चिनिन्छन् । 

६० जना कर्मचारी कार्यरत वर पीपल रिसोर्ट पोखराको पहिलो रिसोर्ट भएको न्यौपानेले दावी गरे । पोखराकै पामेमा ५५ रोपनीभन्दा बढी जग्गासमेत किनेको उक्त रिसोर्टले फार्म हाउस बनाउने योजना बनाएको छ । त्यहीं खाने कुराहरु उत्पादन गर्ने र पर्यटकहरुलाई खुवाउने योजना बनाएको उक्त रिसोर्टले फार्म हाउसमा थोरै रुमहरु राख्ने, प्रकृतिक कुरामा मन पराउने पर्यटकहरुलाई बस्ने वातावरण बनाउने न्यौपानेले बताए । 

वर पीपल रिसोर्टको अगाडी हामीले २० घार घर मौरीहरु रहेका छन् । त्यसको संरक्षण आफूहरुले गरिरहेको उनले बताए । न्यौपानेले मौरीको घारको मात्रै नभएर कुनै किसिमका औषधिहरु नराखी फूलहरु पनि रोपिएको, त्यो फूलमा मौरी आउन, वातावरण सफा होस्, मौरीको ताजा मह पनि प्रयोग गर्न सकियोस भनेर काम गर्दै आएको बताए । रिसोर्टले आफै ताजा तरकारी फलाएर पर्यटकलाई खुवाउने गरेको छ । 

Advertisement

Advertisement