महालक्ष्मी लाइफले शुरु गर्यो ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम

Advertisement

काठमाडौं । युवासँग महालक्ष्मी लाईफको सफलता पछि महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुरु गरेको छ । 

कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले सोमबार चितवनको सौराहा स्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा देशभरीबाट शाखा÷उपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो । 

Advertisement

उक्त अवसरमा अध्यक्ष शर्माले कम्पनीले आफ्नो संस्थागत  सामाजिक उत्तरदायित्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । 

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले ‘महिला सशक्तिकरणमा(महालक्ष्मी लाईफ’ कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी गराए । देशमा महिलाको जनसंख्या पुरुषको दाजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नवनाई देश अघि बढ्न सक्दैन । महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आयआर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने जानकारी दिए ।

आव २०७९/८० भित्र परिक्षणको रुपमा संचालन हुने यो कार्यक्रम ३० जिल्लामा संचालन गरिनेछ । यो कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ । यो कार्यक्रममा सरकारी, गैर सरकारी निकाय संग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ । 

बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले संचालन गरेको कार्यक्रममा बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले स्वागत मन्तव्य र कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । 

कम्पनीले २०७८÷७९ मा विद्यार्थी र युवाहरुमा जीवन बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने गरी ‘युवासंग महालक्ष्मी लाईफ’ कार्यक्रम संचालन गरेको थियो । एक वर्ष भित्र कम्पनीका वरिष्ठ अधिकृतहरुले ३५ जिल्लाको ९१ वटा प्लस्टु र ब्याचलर कलेजमा ८,००० भन्दा बडी युवालाई तालिम प्रदान गरेको थियो । 
 

Advertisement

Advertisement