पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको तयारी हुँदैछः निगम, बुद्ध र यतीले गरे ‘डेमो उडान’

Advertisement

काठमाडौं । आउँदो पुस १७ बाट औपचारिक सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ग्राउन्ड ह्यान्डलिङका लागि तयारी भइरहेको नेपाल वायुसेवा निगमले बताएको छ । 

निगमकी प्रवक्ता अर्चना खड्काले नेपाल नागरिक उड्डयन प्राधिकरणले जिम्मा लिएअनुसार ग्राउन्ड ह्यान्डलिङको काम व्यवस्थितरुपमा गर्न सबै तयारी भइरहेको बताउँदै पोखरा विमानस्थलबाट हुने राष्ट्रिय अन्तर्राष्ट्रिय उडानहरुलाई असुविधा नहुने गरी सेवा दिइने बताइन् । 

Advertisement

प्राधिकरणले उक्त विमानस्थलबाट उडान भर्न केही विदेशी एयरलाइन्स कम्पनीले चासो देखाए पनि अहिलेसम्म कुनैले उडान सुनिश्चित भने नगरेको जानकारी दिएको छ । यसमा विशेषगरी चिनियाँ र भारतीय विमान सेवा कम्पनीहरु छन् भने कुवेती एयरलाइन्स जरिराले पनि यसमा चासो राखेको छ । 

तर भैरहवाको गौतम बुद्ध विमानस्थलमा जस्तै राम्रो व्यापार नहुने डरले धेरै एयरलाइन्स कम्पनीले पोखराबाट पनि उडान सुरु गर्न हिच्किचाइरहेका छन् । तर प्राधिकरणले भने नेपालका एयरलाइन्स कम्पनीलाई दबाब दिने र विदेशी एयरलाइन्स कम्पनीलाई आग्रह गरेर पोखरा र भैरहवाबाट उडान गर्न आग्रह गर्दै आएको छ । 

पोखरा विमानस्थलबाट नियमित उडन गर्न बुद्ध र यती एयरलाइन्सले बिहीबार डेमो उडान गरेका छन् । 

Advertisement

Advertisement