गल्फ लुब्रिकेन्टद्वारा स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

Advertisement

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ ।  

उक्त क्याम्प पुस ९ देखि १३ गतेसम्म भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको हा । स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज  गरिएको हो । 

Advertisement

ट्रयाक्टर धनी तथा ड्राइभरको स्वास्थ्य अवस्थालाई पनि प्राथमिकता दिई निःशुल्क  बडी  चेकअप र रक्तचाप जाँच पनि गरिएको थियो ।  सो क्याम्पमा सहभागी सबै ट्रयाक्टर धनी तथा चालकलाई उपहार स्वरूप  गल्फको  टी-शर्ट, कि– रिङ्ग र डटपेन प्रदान  गरिएको थियो । क्याम्प नेपाल ल्युब आयल र नेपाल ल्युब आयलको आधिकारि ओईएम सेल्स  पार्टनर राजेश ट्रेडर्स  एण्ड  सप्लायर्सको संयुक्त आयोजनामा भएको हो ।  

कम्पनीका अनुसार, ‘स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई थप इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको  लाभ सम्बन्धमा ससुचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो ।  

सो क्याम्पमा १७० भन्दा धेरै ट्रयाक्टर धनीहरु सहभागी थिए, ग्राहकहरुको यो उत्साहले हामीलाई थप प्रेरणा मिलेको छ ।  सबै सहभागीहरुलाई हामी धन्यवाद ज्ञापन पनि गर्न चाहान्छौ’– कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो  । यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकको रोजाईमा पर्दै आएको कम्पनीले जनाएको छ ।  
 

Advertisement

Advertisement