मुख्य चाडपर्वको मुखमा क्यास सर्कुलेशन घट्यो, कति छ बजारमा पैसा ?

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको भदौमा बजारमा क्यास सर्कुलेशन (नगद प्रवाह) केहीँ घट्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा पछिल्लो भदौमा क्यास सर्कुलेशन १४ अर्ब ७१ करोड ७८ लाख रुपैयाँले घट्न पुगेको हो । 

Advertisement

२०८१ असार मसान्तमा बजारमा कूल नगद प्रवाह ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख रुपैयाँ रहेको थियो । तर, पछिल्लो भदौ मसान्तसम्ममा उक्त नगद प्रवाह घटेर ६ खर्ब ६५ अर्ब ३३ करोड ९ लाख रुपैयाँमा झरेको हो ।

यसको मतलब पछिल्लो दुई महिनामा बजारबाट १४ अर्ब बढी नगद केन्द्रीय बैंक फर्किएको छ । 
तथापि, दशैंतिहार तथा छठ जस्ता ठूला चाडपर्व नजिकिएसँगै असोज र कात्तिक महिनामा पुनः बजारमा नगद प्रवाह बढ्ने अनुमान गरिएको छ ।   ।  

Advertisement

Advertisement