महासंघले बाढीबाट अति प्रभावित जिल्लालाई एक/एक लाख रुपियाँ राहत दिने

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपदको यस घडिमा जिल्ला उद्योग वाणिज्य संघमार्फत अति प्रभावित जिल्लालाई एक–एक लाख रुपियाँका दरले राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरुमार्फत उक्त रकम राहतका लागि उपयोग गरिनेछ । 

यसका साथै विपदको यस समय आ–आफ्नोतर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह गरेको छ ।  

Advertisement

यसैगरी बाढिपहिरोका कारण यातायात अवरुद्ध भएको यस घडिमा अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन महासंघ सम्पूर्ण सदस्यहरुमा विज्ञप्ति मार्फत आव्हान गरिएको छ । 

उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धारकार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघले सदस्यहरुलाई आग्रह गरेको छ ।  

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको जनाएको छ ।  
 

Advertisement

Advertisement