जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प हुँदै

Advertisement

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २० देखि २२ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’ को आयोजना गर्ने भएको छ । 

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जित्नु सक्ने छन् । 

Advertisement

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी÷ हिटर  चेक, ब्याट्री चेक र  ओभरअल चेकअपको सुविधा पाउने छन् । 

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उनीहरुले ५०  प्रतिशत छुट  पाउने छन् भने इन्जिन कुलिङ, एसी/ हिटर सम्बन्धि पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउने छन् । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र  इन्जिन आयलमा ५ प्रतिशत छुट पाउनु हुनेछ ।

सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।


 

Advertisement

Advertisement