दुई महिनामा पौने तीन अर्ब रुपियाँको बीमा पोलिसी ‘सरेन्डर’, कुन कम्पनीको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो दुई महिनामा १९ हजार ७४१ वटा जीवन बीमा पोलिसी सरेन्डर ९बन्द० भएको छ । सो संख्यामा पोलिसी सरेन्डर गरेर बीमितहरुले दुई अर्ब ७५ करोड ३३ लाख ३९ हजार रुपियाँ रकम (सरेन्डर भ्यालु) लगेका छन् । 

नेपाल बीमा प्राधिकरणबाट प्राप्त साउन र भदौ महिनाको तथ्यांकले यस्तो देखाएको हो । साउनमा एक अर्ब ५४ करोड ११ लाख रुपियाँ बराबरको १० हजार २९२ वटा पोलिसी सरेन्डर भएको थियो । भदौमा भने एक अर्ब २१ करोड २२ लाख रुपियाँ बराबरको नौ हजार ४४९ वटा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांकले देखाएको छ । 

Advertisement

हाल नेपालमा १४ ठूला जीवन बीमा कम्पनी सञ्चालनमा छन् । सोही कम्पनीहरुमा उक्त पोलिसी सरेन्डर भएका हुन् । लघुबीमा कम्पनीहरुमा भने पोलिसी सरेन्डर भएका छैनन् । 

समीक्षा अवधीमा एलआईसी नेपालमा सबै भन्दा धेरै रकममा पोलिसी सरेन्डर भएको छ । उक्त कम्पनीमा ८७ करोड १५ लाख ५८ हजार रुपियाँ बराबरको पाँच हजार २२३ वटा पोलिसी सरेन्डर भएको तथ्यांकमा उल्लेख छ । 

तथ्यांकअनुसार दोस्रो नम्बरमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । उक्त कम्पनीमा ८१ करोड ५३ लाख २३ हजार रुपियाँ बराबरको चार हजार ७९९ वटा पोलिसी सरेन्डर भएको देखिन्छ । 

तेस्रो नम्बरमा भने एशियन लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । उक्त कम्पनीमा २१ करोड ५१ लाख ९८ हजार रुपियाँ बराबरको एक हजार ८६० वटा पोलिसी सरेन्डर भएको तथ्यांकमा उल्लेख छ । 

यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीमा १८ करोड ४६ लाख ५६ हजार रुपियाँको एक हजार ७७७ वटा, नेशनल लाइफमा १४ करोड ७२ लाख ६७ हजार रुपियाँको ९४७ वटा, सुर्यज्योति लाइफमा १३ करोड २४ लाख ३२ हजार रुपियाँ बराबरको एक हजार १६८ वटा र हिमालयन लाइफमा १२ करोड ८० लाख ५० हजार रुपियाँ बराबरको एक हजार ४३६ वटा पोलिसी सरेन्डर भएको तथ्यांकमा उल्लेख छ । 

यसैगरी मेट लाइफमा सात करोड १५ लाख ८० हजार रुपियाँको ७१० वटा, सानिमा लाइफमा पाँच करोड ८६ लाख ८७ हजार रुपियाँको ३७८ वटा, आईएमई लाइफमा तीन करोड ९९ लाख ६१ हजार रुपियाँको ३६३ वटा, सिटीजन लाइफमा दुई करोड ८८ लाख ९१ हजार रुपियाँको ३८७ वटा, प्रभु महालक्ष्मी लाइफमा दुई करोड ६६ लाख ५९ हजार रुपियाँको २१५ वटा, रिलायवल नेपाल लाइफमा दुई करोड १६ लाख ३५ हजार रुपियाँको ३५० वटा र सन नेपाल लाइफमा एक करोड १४ लाख ४२ हजार रुपियाँको १२८ वटा पोलिसी सरेन्डर भएको देखिन्छ । 

कम्पनीमा जति धेरै संख्या र रकममा बीमा हुन्छ । त्यति नै धेरै संख्या र रकममा पोलसी सरेन्डर हुने जोखिम बढी हुन्छ । तर, अनुपातमा भने धेरै अन्तर नहुन पनि सक्छ । 

समीक्षा अवधिमा ठूला जीवन बीमा कम्पनीहरुले ३० अर्ब आठ करोड ८२ लाख रुपियाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । त्यसको ९.१५ प्रतिशतको अनुपातमा पोलिसी सरेन्डर भएको देखिन्छ । 

बीमतले ५ बर्ष, १० बर्ष, १५ बर्ष जस्ता निश्चित अवधि तोकेर बीमा गरेका हुन्छन् । त्यसको  लागि बार्षिक रुपमा किस्ता तिर्नुपर्छ । यदि, सम्झौता अवधीभर बीमालाई निरन्तरता दिन नचाएमा बीमितले आवश्यक प्रक्रिया पुरा गरेर पोलिसी बन्द गर्न सक्नेछन् ।  बीमितले त्यही अवधिसम्म तिरेको बीमशुल्क र आर्जित बोनस फिर्ता पनि पाउने छन् । यद्यपि, त्यसमा केही शुल्कहरु भने काटीनेछ । साथै, बीमा गरेको न्यूनतम तीन बर्ष  पूरा भएको हुनुपर्ने शर्त पनि रहेको छ । 

पोलिसी सरेन्डर नियमीत प्रक्रिया पनि हो । तर, पछिल्लो समय देखिएको आर्थिक संकटका कारण अहिले बीमालेख सरेन्डर बढ्दै गएको बीमा कम्पनीहरु बताउँछन् । पछिल्लो समय आर्थिक संकटका कारण आम मानिसहरुमा आम्दानी प्रभावित भएको छ । त्यो अवस्थामा कतिपय मानिसहरुले बीमालेख नविरकण गर्न सकेका छैनन् । साथै, आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गर्ने गरेको कम्पनीहरु बताउँछन् । 
 

Advertisement

Advertisement