पोखरा विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालसहित १२ जनाको पहिचान

Advertisement

काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेमा लोकगायिका नीरा छन्त्यालसहित १२ जनाको पहिचान भएको छ । 

दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ । सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ, कोरियन नागरिक यू क्यानगुल छन् । 

Advertisement

माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन गएकी नीराको विमान दुर्घटनामा मृत्यु भएको हो । बागलुङ घर भएकी उनले पोखरा जानुअघि फेसबुकमा माघे संक्रान्तिको तस्वीर राखेर शुभकामना दिएकी थिइन् । विमान दुर्घटनापछि नीरा सहभागी हुने भनिएको सांगीतिक कार्यक्रम पनि स्थगित भएको छ । 
 

Advertisement

Advertisement