हतियार बिक्री बढाउने लक्ष्यका साथ कोरियाली राष्ट्रपति युएई भ्रमणमा

Advertisement

अबुधाबी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सैन्य हतियार बिक्रीलाई विस्तार गर्ने उद्देश्यका साथ संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा आज यहाँ आइपुग्दा उनको भव्य स्वागत भएको छ । 

भ्रमणबाट भ्रातृराष्ट्र यूएईसँग आणविक ऊर्जा, ऊर्जा, लगानी र रक्षाजस्ता चार प्रमुख क्षेत्रमा रणनीतिक सहयोगलाई बलियो बनाउन योगदान पुग्ने कोरिया सरकारका राष्ट्रिय सुरक्षा निर्देशक किम सुङ–हानले बताए । समाचार समिति योनहापले पनि राष्ट्रपति कार्यालयका एक जना अज्ञात अधिकारीलाई उद्धृत गर्दै हतियार सम्झौताको योजना राष्ट्रपतिको भ्रमणको कार्यसूचीमा रहेको जनाएको छ । 

Advertisement

दक्षिण कोरिया र युएईबीच अरबौं डलरको व्यापार हुँदै आएको छ भने अन्य द्विपक्षीय सम्झौताअन्तर्गत युएईको प्रतिरक्षा, विशेष सैन्यबल स्थापना तथा सञ्चालन हुँदै आएको छ । द्विदेशीय यो सहकार्यको विगतमा आलोचना भए पनि छिमेकी इरानसँगको तनावका कारण कोरियासँगको सैन्य सम्बन्धलाई दोब्बर बनाउन युएईले चाहेको छ । 

मध्यपूर्वको भूराजनीतिक परिदृश्यमा द्रुत गतिमा भएका परिवर्तनले कोरिया र युएईबीच केही रणनीतिक साझेदारी भएमा त्यो नौलो नहुने अन्तर्राष्ट्रिय रणनीति फोरमका जुन पार्क बताए । दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन मात्र नभई आफ्नो ऊर्जा आवश्यकता निरन्तर बढिरहेकाले दक्षिण कोरियाले कच्चा तेलको आपूर्ति बढाउन युएईसँग विशेष अनुरोध गर्ने उनको अपेक्षा छ । सोलले पनि व्यापार अर्बौँ डलरका मोटर कारलगायत  सामग्री यूएईलाई बेच्दै आएको छ ।  रासस/एपी ।  

Advertisement

Advertisement