सिटिजन्स बैंकको नयाँ शाखा वीरगञ्ज र बरहथवामा

Advertisement

काठमाडौं । सिटिजन्स बैकले शाखा विस्तार गर्ने क्रममा १८१औँ तथा १८२औँ शाखा सर्लाहीको बरहथवा र वीरगन्जको कृष्ण प्रणामी चोकमा सञ्चालनमा ल्याएको छ । 

यी शाखा बिस्तासँगै मधेश प्रदेशको सबै जिल्लामा बैंकको उपस्थिति पुगेको र २९ वटा शाखाहरु सञ्चालनमा रहेको जनाएको छ ।  

Advertisement

बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३५ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख २१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको उल्लेख गरेको छ । 

Advertisement

Advertisement