सगरमाथा जलविद्युत कम्पनीको आईपीओ विहीबारदेखि, कसले भर्न पाउँछन् ?

Advertisement

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गते बिहीबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि १ अर्ब १२ करोड रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ । 

कूल ११ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित इलाम जिल्लावासीका लागि बिक्री खुला गरिएको हो । नेपाली श्रमिकका लागि ४ लाख ३६ हजार ८०० कित्ता आईपीओ निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक  प्रभु क्यापिटलले जनाएको छ ।  

Advertisement

वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ १९ गतेसम्म र स्थानीयले भने छिटोमा माघ १९ गते र ढिलोमा फागुन ५ गतेसम्म आवेदन दिन पाउने छन् । 

Advertisement

Advertisement