कृषि विकास बैंकले वार्षिकोत्सवको अवसरमा सञ्चालन गर्यो मातृभूमि बचत खाता

Advertisement

काठमाडौं । कृषि विकास बैंकले आज एक समारोहकाबीच ५६औं वार्षिकोत्सव मनाएको छ । 

अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा वार्षिकोत्सव सम्पन्न भएको हो । 

Advertisement

उक्त अवसरमा श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपाली श्रमिकहरुका लागि मातृभूमि बचत खाता सञ्चालनमा ल्याएको छ ।  

उक्त अवसरमा नेपाल सरकारको नीति तथा कार्यक्रमलाई प्राथमिकता दिई संचालन गर्ने नीति अनुरुप सरकारको सहुलियतपूर्ण का अक्रम अन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित यूवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवाहरुल परियोजनामा आधारित सहुलियत कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा लगायत विभि शीर्षक अन्तर्गत बिना धितो ३,५०५ जनालाई करिव रु २ अर्ब समेत गरी कुल १५,६०० भन्दा बढी ग्राहकलाई रु. २२ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरेको जानकारी गराइयो । 

बैंकले प्राथमिक पूँजीसम्मको ऋण संकलन अधिकार बमोजिम रु. २४ अर्ब रूपैयाँको कृषि बण्ड जारी गर्ने स्वीका १८ अर्बको कृषि बण्ड जारी गरिसकेको छ । २८२ कार्यालय संजाल रहेको बैंकले आफ्ना संजालहरुबाट सम्पूर्ण बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।

बैंकको हाल कुल अधिकृत पूँजी रु २५ अर्ब, जारी तथा चुक्ता पुँजी रु १८ अर्ब ६२ करोड रहेको यसमध्ये साधारण चुक्ता पुंजी रु १३ अर्व १८ करोड रहेको छ  । जसमा नेपाल सरकारको हिस्सा २१ प्रतिशत र करिव ३ सर्वसाधारण शेयरधनीको हिस्सा ४९ प्रतिशत रहेको छ । 

यस्तै बैंकसंग नेपाल सरकारको लगानीमा रहेको मन्युमिनेटम इरडेमेल प्रिफरेन्स शेयर रु ४ अर्व ४३ करोड समेत रहेको छ । आर्थिक वर्ष २०७८/७९ को लागि कर प्रयोजन समेत गरी ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर गरी कुल १३ प्रतिशत प्रतिफल शेयरधनीहरुलाई वितरण गर्ने संचालक समितिबाट निर्णय गरी नेपाल राष्ट्र बैंकमा पठाइएकोमा नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण प्रकाशन गर्ने अन्तिम स्वीकृत प्राप्त भएपश्चात वार्षिक साधरणसभाबाट अनुमोदन भएपछि सोही अनुसार वितरण हुने छ । 

Advertisement

Advertisement