मञ्चले पूर्व अध्यक्षहरुलाई गर्यो सम्मानः ‘सत्ता स्वार्थका लागि गरिने गठबन्धन हानिकारक’

Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष विपरीत राजनीतिक मान्यता बोकेका दलहरूको सत्ता स्वार्थका लागि गरिने गठबन्धन मुलुकका लागि खतरा रहेको बताएका छन् ।  

रौतहट–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार समसमयिक  राजनैतिक प्रशिक्षण तथा पूर्व अध्यक्षहरुको सम्मान कार्यक्रममा राजनीतिमा देशभक्ति, जनताप्रति सेवाको भावना, इमान्दारिता, त्यागको निष्ठा र समर्पणको खाँचो औँल्याए ।

Advertisement

पूर्व प्रधानमन्त्री, पार्टीका अध्यक्ष नेपालको प्रमुख आतिथ्य र सचिवालय सदस्य घनश्याम भुषालको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री बंशीधर मिश्र, स्थायि कमिटी सदस्य कल्याणी खड्का, पार्टी पोलिट्ब्युरो सदस्य रामकुमार भट्टराई, केन्द्रीय र  सल्लाहकार परिषद् सदस्य शंकर बिश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा मञ्चका ७ जना पूर्व अध्यक्षहरु संस्थापक अध्यक्ष प्रज्ज्वल चापागाई, गिरीधर मिश्र, नवराज तिमल्सिना, शंकर विश्वकर्मा, गोपाल श्रेष्ठ ,चिनकुमारी शिवाकोटी र मिनप्रसाद गौतमलाई  सम्मान गरिएको हो ।   

मञ्चका अध्यक्ष सचित कुइकेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव नमोनारायण झाले सञ्चालन गरेका थिए । 

Advertisement

Advertisement