राम्रो शिक्षा खोज्दै विदेश पलायन हुने दिन अब गएः व्यवसायी करण चौधरी

Advertisement

काठमाडौं । यूवा व्यवसायी करण चौधरीले गुणस्तरीय शिक्षाको खोजीका लागि विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य भएको दावी गरेका छन् । 

ब्रिटिस कलेजको एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालमै विश्वस्तरका शैक्षिक संख्या स्थापना हुने र पठनपाठन हुन थालेकाले विदेश पलायन हुनुपर्ने बाध्यता कम भएको बताएका हुन् । 

Advertisement

चौधरीले आफू समेत ब्रिटिस कजेको विद्यार्थी रहेको अनुभव सुनाउँदै नेपालमै बसेर विदेशमा पढेको अनुभव गरेको सुनाए । आफूले व्यवसाय र शिक्षा सेवामा हात हाल्ने आँट गरेको बताउँदै उनले विदेश नगएर नेपालमा नै व्यवसाय गर्ने बाटो रोजेकाले धेरै सन्तुष्टि मिलेको बताए । 

यस्तो छ करण चौधरीको थप भनाईः 
मसँग ब्रिटिस कलेजका धेरै रोचक अनुभव छन् । नेपालमै बसेर विदेशमा पढेको जस्तो अनुभव यस कलेजले मलाई दिएको छ । मेरो अनुभवमा यो कलेज छान्नुको पछाडी केही विशेष कारण पनि छन् । नेपाल आफैमा विश्वकै नमुना तथा सुन्दर ठाउँ हो । तपाईंहरुले धेरै रोचक कुराहरु देख्नुहुन्छ । 

नेपालीहरुलाई विश्वमा पनि विभिन्न नाममा चिनिने गर्छ । भूकम्प, कोभिड महामारी, लकडाउनले नेपालमा ठूलठूला अनुभव दिएको छ । यो लामो समयको लोडसेडिङ झलेको ठाउँ हो । दुःख भए पनि हाँसेर आज यस्तै भयो भन्ने क्षमता नेपालीहरुसँग मात्र छ । 
आज हामीले जलविद्युतको क्षमताको बारेका कुरा गर्ने हो भने त्यहाँ पनि ठूलो सम्भावना छँदै छ । नेपाल जीडीपीको आधारमा हेर्दा दक्षिण एशियाको सरदर दरभन्दा नराम्रो होइन । धेरै जसो भ्रम सिर्जना गर्ने बानी हाम्रोमा छ । त्यही कारण पनि हाम्रो अर्थतन्त्रमा धरासायको गन्ध मिसाइएको हुनसक्छ । 

नेपालमा नरहनका लागि मैले धेरै पटक सोचेको हो । विदेश नै गएर कुनै व्यवसाय गरौं भन्ने लागेको थियो । तर, अहिले मलाई हामीले गरेनौं भने कस्ले गर्ला ? भन्ने पनि लाग्यो । अहिले १५ देखि ८० वर्षसम्मलाई युवा भन्ने हाम्रो चलन छ । अब सबै जनाले युवाहरुलाई प्रोत्साहन गर्न सिकौं । उनीहरुलाई हामीले भरोसा दिन सिकौं । 

अहिले एफडीआईको दरमा हेरफेरका कुरा पनि आइरहेका छन् । अलिकति राम्रो वातावरण पाउने बित्तिकै हामीले जलविद्युत, उद्योगहरुमा धेरैले लगानी गर्ने अवस्था छ । धेरै जना बाहिर जानु भएको छ । यो कुरामा सरकारले नै सोच्नुपर्ने बेला भएको छ । 

शिक्षा मेरो लागि डिग्री मात्र होइन् । मैले मेरो सपनालाई महत्व दिएर नेपालमा नै केही गर्नुपर्छ भनेर लागिरहेको छु । हामीले ठूलो उद्देश्य वा सपना राख्नुपर्छ पनि भनिन्छ । हामीले आफ्नाृे वृत्तिविकास कसरी गर्छौं ? भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । अब त व्यवसायी बन्नका लागि नेपालमा पनि जलविद्युत , पर्यटन, होटल सबैतिर अवसर छ । होटल व्यवसाय सुरु गर्ने हो भने यहाँको बजार र बजार भाउलाई बुझ्न आवश्यक छ । 

मैले धेरै जनाले दुर्गम ठाउँमा पनि काम गरेको देखेको छु । नासामा पनि त धेरै नेपालीहरुले काम गरिरहेका छन् । विदेशमा गएर गर्ने काम हामीले यहीं नेपाल पनि गर्न सक्छौं । केही काम गर्न हामीले इख खारेर काम गर्नुपर्ने रहेछ ।

सिंगापूरको बारेमा हामीले हेर्यो भने ब्रिटिसको उपनिवेशपछि पनि यसले ठूलो विकास गरेको छ । सिंगापूरका निर्माता लि क्वान यूले पनि ठूलो क्रान्ती ल्याएका छन् । हामीले आफूलाई र समाजलाई केही गर्न चाहाने हो भने त्यो नेपालमा पनि सम्भव छ । 

अहिले पनि नेपालमा महिला र पूरुषबीच अन्तर पनि कम हुँदै गएको छ । विगतमा सेना प्रहरीमा पनि पुरुष मात्र छान्ने चलन थियो । अहिले त्यो छैन् । अब त दम्पत्ति वा जोडी मिलेर धेरै काम गर्न सम्भव भएको देखेका छौं । युवाहरु मिलेर धेरै सफल कामहरु भएका छन् । 

उदाहरणको रुपमा हेर्दा नेपालीहरुले स्वास्थ्य हेरचाह गर्ने एपको समेत निर्माण गरेका छन् । ईसेवालाई हेनुर्स । फोनपे हेर्नुस । यो नेपालीले बनाएको हो । प्रविधिले हाम्रो जीवन धेरै सहज बनाएको छ । हामीले यसमा अध्ययन पनि गर्न सक्छौं । 

मैले ब्रिटिस कलेजबाट आफ्नो अध्ययन पूरा गरेको हो । मैले व्यवसाय र शिक्षा दुवैमा सफलता पाउन प्रयास गरेको थिएँ । शिक्षा औपचारिकता पूरा गर्न मात्र नभई त्यसबाट हामीले लाभ लिन सक्नुपर्छ भन्ने मेरो बुझाई रहयो ।

तपाईं नेपालमा पढ्नु वा विदेशमा पढ्नु, त्यसमा खासै फरक छैन् । तर तपाईंले पढ्नुभयो कि भएन ? त्यसमा चाहिं धेरै फरक छ । अब यही देशमा शिक्षा सम्भव छ भने यही देशमा बसौं, यही केही गरौं । नेपालकै लागि केही गर्न युवाहरुले अठोट लिऔं ।

Advertisement

Advertisement