अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन सम्मेलनमा अन्नपूर्ण–१ लाई विश्वव्यापी मान्यता प्राप्त

Advertisement

काठमाडौं । चीनको गुइझोउ प्रान्तको शिङ्गई शहरमा आयोजित अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन र बाहिरी खेलकुद सम्मेलन (इन्टरनेशनल माउन्टेन टुरिजम एण्ड आउटडोर स्पोटस कन्फरन्स)मा नेपालको अन्नपूर्ण–१ लाई ‘वर्ल्ड फेमस टुरिजम माउन्टेन’को रुपमा छनौट गरी मान्यता प्रदान गरिएको छ । 

कुल ३८ देशका १९९ भन्दा बढी संगठनहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल माउन्टेन टुरिजम अलाइन्स (आइएमटा)ले अन्नपूर्ण–१ लाई उक्त प्रतिष्ठित मान्यता प्रदान गरेको हो, जसले अन्नपूर्ण–१ को प्राकृतिक सुन्दरता, जैव विविधता र सांस्कृतिक महत्वलाई मान्यता दिएको पर्यटन व्यवसायीहरुको भनाई छ । 

Advertisement

उक्त समारोहमा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थापालियाले संघको तर्फबाट उक्त सम्मान ग्रहण गरेका थिए । नाट्टाले नेपालभरका एक हजार एक सय भन्दा बढी टुर एजेन्सी र टुर अपरेटरहरूलाई प्रतिनिधित्व गर्दछ । 

प्राकृतिक अभिमुखीकरण श्रेणीअन्तर्गत प्रस्तुत गरिएको यो पुरस्कारले अन्नपूर्ण–१ लाई ट्रेकर, पर्वतारोही र प्रकृतिप्रेमीहरूको लागि विश्वव्यापी गन्तव्यको रूपमा मनाउनका लागि समर्पित गरिएको नाट्टाले बताएको छ । आठ हजार ९१ मिटर उचाइमा रहेको यो पर्वत, यसको मनमोहक दृश्य र चुनौतीपूर्ण मार्गहरूको लागि प्रख्यात छ । 

नाट्टाका अध्यक्ष थापालियाले यस सम्मान तथा मान्यताले नेपालको पर्वतीय पर्यटनमा नेतृत्वको भूमिकालाई पुष्टि गर्ने बताए । उनले अन्नपूर्ण–१ को विश्वव्यापी महत्व र हाम्रो दिगो पर्यटन अभ्यासको प्रचारमा प्रतिबद्धताको सम्मान भएको पनि बताए । 

अन्नपूर्ण–१ को यस मान्यताले यसको प्राकृतिक महिमाभन्दा पर जाने र नेपालका संरक्षण प्रयासहरूलाई पनि विश्वसामु उजागर गर्ने भन्दै थपलियाले विशेषगरी अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनामार्फत यो देशको सबैभन्दा ठूलो संरक्षित क्षेत्रको संरक्षण भइरहेको बताए । 

undefined

Advertisement

Advertisement