सुचना प्रविधिले अहिले अपराधको चरित्रमा फेरबदल आयोः दाहाल, ‘प्रहरीलाई हतियार कम भयो’

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना–प्रविधिको विकासले अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको भन्दै बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न आवश्यक रणनीति बनाउन निर्देशन दिएका छन् । 

सोमवार २२औं सशस्त्र प्रहरी दिवसमा उनले वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो सुरक्षा चुनौतिलाई सामना गर्नका लागि आवश्यक रणनीति बनाई सोहीअनुसार परिचालित हुन सशस्त्र प्रहरीलाई निर्देशन दिए । सरकारको सुशासन र समृद्धिको दीर्घकालिन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्न दाहालको आग्रह छ । 

Advertisement

उनले मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शुन्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरीलाई हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको अभाव रहेको भन्दै त्यसको लागि सरकारको तर्फबाट यथासम्भव पहल गर्ने बताए । 

प्रधानमन्त्री दाहालले सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी अनुशासित, नैतिकवान, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन पनि दिए ।  

Advertisement

Advertisement