काठमाडौंदेखि चित्लाङसम्म पहिलो एओजी नाइट राइड सम्पन्न

Advertisement

काठमाडौं । टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइडको धुमधाम आयोजना गरेको छ । ३० जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूमा भाग लिए । 

उनीहरु मनोरञ्जनमा मात्र सिमित रहेनन् चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै उनीहरुले कम्पनीको तर्फबाट समाज सेवा पनि गरे । चित्लाङको श्री कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामाग्री वितरण गर्नुका साथै अरु विभिन्न कार्यक्रमहरु पनि आयोजना गरे । 

Advertisement

टिभिएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, र नारायणी क्षेत्र लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । यद्यपि रात्रिकालिन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ । अपाचेका चालकहरुले अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीको योजना छ । 

एक सहभागी कल्याण श्रेष्ठले एओजी कै बारेमा सुनेर आफुले अपाचे किनेको बताए । उनले जगदम्बा मोटर्सलाई धन्यवाद दिँदै भने, ‘मैले अपाचे आरटीआर २०० फोभि एफआई किने पछि एओजी ग्रुपमा सामेल हुन पाउँदा निकै खुशी छु र जगदम्बा मोटर्स प्रा.लि प्रति आभार व्यक्त गर्न चाहन्छु ।’
 

Advertisement

Advertisement